जनकपुर, बैशाख ३०

धनुषाको शहिदनगर नगरपालिकामा मतदानको क्रममा गोली चलेको छ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो ।

मतदान खसाल्ने विषयमा भएको विवादले उग्ररुप लिई झडप हुन थालेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

विवाद भएर केही समयपछि अवस्थालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई मतदान पुनः सुरु भएको उनले बताए ।

धनुषामा ३ सय २३ वटा मतदानस्थल रहेकोमा १ सय ८३ वटा मतदान स्थललाई अतिसंवेदनशिलको रुपमा सुरक्षानियकाले वर्गिकरण गरेको छ ।