महोत्तरी, बैशाख ३०

महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झडप भएको छ ।

मतदान केन्द्रभित्र अनाधिकृत रुपमा मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको विषयमा दुई पक्षबीच आरोप–प्रत्यारोप हुँदा झडप भएको हो ।

झडपका कारण केहीबेर रोकिएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको महोत्तरी प्रहरीले जनाएको छ ।