महोत्तरी, बैशाख ३०

महोत्तरीको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ ।

मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

विवादको कारण केहीबेर स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको उनले बताए ।