सर्लाही, बैशाख ३०

सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिएका हुन ।

साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको हो।

हाल त्यहाँ मतदान स्थगित गरिएको छ। मतदान सुचारू गराउने प्रयास भईरहेको एसपी पोखरेलले जानकारी दिए।