धनुषा, बैशाख ३०
धनुषाको मिथिला नगरपालिका ९ , सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्
मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो ।
उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हो ।
५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन् ।
मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन् ।
स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन् ।
यता मतदान अधिकृत सिंहले एक मतदाताले एउटामा छाप लगाउन छाडेको र अर्का मतदाताले आफूलाई छाप लगाउन नआएको कारण उनले भनेकै ठाउँमा छाप लगाइदिदा समस्या भएको तर्क गरे । सोही कारण विवाद हुँदा तुरुन्तै समाधान गरेर मतदान जारी राखेको उनले दावी गरे ।
