काँग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता

जनकपुर, बैशाख ३१

जनकपुरधाम उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनाको सुरुमै नेपाली काँग्रेसका बागी मेयर पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसका मेयर पदका बागी उम्मेदवार मनोजकुमार साहले ३९ मत, एमालेका उम्मेदवार शिवशंकर साह हिराले ७, गठबन्धनका उम्मेदवार जसपाको लालकिशोर साह ३, स्वतन्त्र उम्मेदवार बलराम महतो १०, स्वतन्त्र उम्मेदवार जानकीराम साह ७, लोसपाका उम्मेदवार मनोज कुमार चौधरीले ३ र उम्मेदवार नभएपनि काँग्रेसले ७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरलले जानकारी दिएका छन् ।