
धनुषा, बैशाख ३१
धनुषाको धनौजी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारले ५८ मत प्राप्त गर्दै अग्रता लिएका हुन्।
उपाध्यक्षका उम्मेदवारले ७० मत प्राप्त गरेका छन्।
एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले अध्यक्षमा ५० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवारले ५४ मत प्राप्त गरेका छन्।
लोसपाका अध्यक्ष उम्मेदवारले ३४ मत प्राप्त गर्दा उपाध्यक्ष उम्मेदवारले २४ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवारले १०।१० मत प्राप्त गरेका छन्।