
महोत्तरी, बैशाख ३१
कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिम प्रसाद यादवले १८९ मत ल्याएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका रामनाथ यादवले १५७, जनमत पार्टीका राज किशोर चौधरीले ९०, लोसपाका शेख अनवारुल हकले ८९ मत ल्याएका हुन् ।
नेकपा एमालेका फारुक शेख ३०, माओवादी केन्द्रका मोहम्मद सहवाज हैदरले १३ मत ल्याएका छन् । यस्तै १० मत बदर भएको हो ।
उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी उर्मिला देवी साह १९४, जसपाकी अनिता कुमारी १६५, लोसपाकी राम दुलारी देवी ९०, जनमत पार्टीकी रिता देवी झा ७९, नेकपा एमालेकी मीनाक्षी कुमारी २९ र नेकपा माओवादी केन्द्रकी अर्चना कुमारी यादवले ८ मत ल्याएकी छिन् । मतगणना जारी नै छ ।