जनकपुर, बैशाख ३
जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनको उम्मेदवार भन्दा उम्मेदवार नभएको चिन्हमा मत आएको छ ।
जनकपुरधाममा गठबन्धनबाट जसपाका निवर्तमान लालकिशोर साह मेयरमा उम्मेदवार हुन भने उनले ३६ मत पाएका छन् ।
तर उम्मेदवार नै नभएको नेपाली कांग्रेसको रुख चिन्हमा ५६ मत आएको छ ।
बागी उम्मेदवार मनोज साहले २५९ मत ल्याएका छन् भने पाँच दलिय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत ल्याएका हुन् ।
वडा नम्बर १ मा ७८० मत गनिसक्दा नेकपा एमालेका शिवशंकर साह हिराले १०५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१, लोसपाका मनोज चौधरी ४७, स्वतन्त्र उम्मेदवार जानकी राम साह ३२, जनमतका अनिता देवी साहले १४ मत पाएकी छिन् ।
