
महोत्तरी, बैशाख ३१
महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ ।
मसी लागेको मत सदर की बदर गर्ने विषयमा जसपा र लोसपाका कार्यकर्ताबीच झडप भएको हो ।
झडप पश्चात मतगणना रोकिएको निवाृचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार जम्मा ६ वटा मात्रै मत गणना भएको थियो ।
मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो ।
अवस्था सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।