जनकपुर, बैशाख ३१

धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा जित हासिल गर्दै एकीकृत समाजवादी पार्टीले खाता खेलेको हो ।

सो वडामा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् ।

उक्त वडामा नेकपा एसको प्यानल नै विजयी भएको हो ।