बारा, जेठ १

जीतपुर सिमरा उपमहानगरपालिकामा हालसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्र स्थानमा नेतृत्व गरेका छन् ।

सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ६ सय ३३ मतले अगाडी रहेका छन् ।

२ वटा वडामा भएको गणनामा राजन पौडेलले एक हजार ३५ र नेकपा एमालेकी उम्मेदवार सरस्वती चौधरीले एक हजार ३५ मत ल्याएकी छिन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उपप्रमुखकी उम्मेदवार मेघा शाहीले एक हजार ७३८ र नेकपा एमालेका उम्मेदवार भोला अधिकारीले एक हजार ७७ मत ल्याएका छन् ।

हालसम्म जीतपुर सिमरा उपमहानगरको वडा नं २४ मा नेपाली काँग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् ।

वडाध्यक्षका विजयी अन्सारीले ७०१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार कलामुदिन अन्सारीले ५८७ मत ल्याएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा जीतपुरसिमरा वडा नं २४ मा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।

त्यस्तै लोसपाका प्रमुखका उम्मेदवार सञ्जय साहले ७९१ मत ल्याएका छन् । शुक्रवार राति ३ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म वडा नं २४ को मात्रै मतपरिणाम सार्वजनिक भएको छ । सहायक निर्वाचन अधिकृत बलराम खड्काले उपमहानगरको वडा नं २३, २२, वडा नं १ र २ को मतगणना जारी रहेको बताएका छन् ।