बर्दिबास, जेठ १

महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता लिएका छन्।

शुक्रबार सम्पन्न स्थानीय चुनावको अहिलेसम्मको मतपरिणाम अनुसार क्षेत्रीले एक हजर आठ सय ३४ मतका साथल् अग्रता लिएका हुन्।

उनी नेपाली कांग्रेसबाट मेयर उम्मेदवारका दाबेदार थिए। कांग्रेसबाट उठ्न नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले जेब्रा चिन्ह लिएर चुनाव लडेका हुन्।

त्यस्तै गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार राजु खड्काले एक हजर दुई सय ५६ मतका साथ उनलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा छ नेकपा एमाले। उसका मेयर उमेदवार टेक बलम्पाकी ले आठ सय ६० मत ल्याएका छन्।