जनकपुरधाम, जेठ १

जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् ।

वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ६१६ मत ल्याएका छन्।

त्यसैगरी लोसपाका मनोज चौधरीले २१५ मत ल्याउँदा पाँच दलीय गठबन्धनबाट जसपाका प्रत्याशी लालकिशोरले १९५ मत प्राप्त गरेका छन्।

सत्तागठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाले लिएपछि कांग्रेस उपमहानगर समितिका सभापतिसमेत रहेका मनोजले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।।
।यता गठबन्धनको भागबन्डामा उपमेयर पाएको कांग्रेसले पनि अग्रता कायम राखेको छ। गठबन्धनका तर्फबाट उपमेयरका कांग्रेस प्रत्याशी किशोर साहले अग्रता बनाएका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार किशोरीले १ हजार ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रूना झाले ७१७ मत प्राप्त गरेकी छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका निर्मल चौधरीले ४७१ मत ल्याउँदा निवर्तमान उपमेयरसमेत रहेकी लोसपाकी प्रत्याशी रिताकुमारी मिश्रले २२४ मत प्राप्त गरेकी छन्।

मतगणना सम्पन्न भइसकेको दुवै वडामा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलले जित निकालेको छ।

वडा नम्बर १ को अध्यक्षमा दीपनारायण यादव देवु र वडा नम्बर २ को अध्यक्षमा शिवु साह निर्वाचित भएका छन्