
जनकपुरधाम, जेठ १
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायमै राखेका छन् ।
नगराइन नगरपालिका वडा नम्बर–१ र २ को अहिलेसम्मको ताजा मतपरिणाम अनुसार १ हजार ९८७ मत गन्दा विनयले अग्रता कायमै राखेका हुन् ।
विनयले ८६० मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ४८८ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले ४०३ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ८०८, नेकपा एमालेकी राधा देवी यादवले ५४० र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले ३०२ मत ल्याएकी छन् ।