
जनकपुरधाम, जेठ ३
धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका दिपिन देव यादव निर्वाचित भएका छन् ।
यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ४८९ मतको अन्तरले पराजित गरेका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित यादवले ३ हजार १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले भने २ हजार ७०८ मत प्राप्त गरेका छन् ।