जनकपुरधाम, जेठ ३

धनुषाको नगराइन नगरपालिकामा स्थगित गरिएको मतगणना आज मंगलबार बिहानदेखि सुरु हुने भएको छ ।

लोसपा, एमाले लगायतका दलले पुनः मतगणनाको माग गरेपछि मतगणना सोमबार बिहानदेखि स्थगित गरिएको थियो ।

मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गर्दै त्यहाँ मतगणना स्थगित गरिएको छ ।

लोसपाको नगरप्रमुखका उम्मेदवार राजु चौधरीसहित ११ जना प्रतिनिधिले मतगणना स्थगित गर्नुपर्ने माग गरेपछि सोमबार बिहानदेखि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका छन ।

उनले भने पुर्न ः मंगलबार बिहान ८ बजे सर्वदलिय बैठक गरेर सहमति भएपश्चात मतगणना सुरु हुने जानकारी दिएका छन ।