
जनकपुरधाम, जेठ ३
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको वडामा उनको आफ्नै पार्टी पराजित भएको छ ।
नेता महतोको घर रहेको सर्लाहीको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्ष नेपाली कांग्रेस विजयी भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोको वडामा कांग्रेसका शम्भुप्रसाद शाह तेली ६ सय १२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् ।