जनकपुरधाम, जेठ ३

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा काँग्रेस वडाध्यक्षका उम्मेदवार राममणि कुशवाहा पुरै प्यानल सहित निर्वाचित भएका हुन् ।

कुशवाहा ८५ मतान्तरले निर्वाचित भएका छन् । कुशवाहा ६५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी निवर्तमान वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार हिरालाल महतो ५७१ मतमा सिमित भए ।

२०७४ को निर्वाचनमा महतोले निर्वाचित भएका कुशवाहालाई ७४ मतले पाराजित गर्दै जितेका थिए ।

यो निर्वाचनमा कुशवाहाले महतोलाई ८५ मतले पराजित गरेका हुन् ।