
महोत्तरी, जेठ ३
महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहन पाण्डेयको अग्रता कायम रहेको छ ।
पाण्डेयले ५ हजार २३ मत ल्याउँदा जसपाका उम्मेदवार महेन्द्र रायले ३ हजार २९३ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीले २ हजार ९४ मत ल्याएका छन् भने लोसपाका संजय कुमार सिंहले २ हजार २५ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी शकुन्तला देवीले ५ हजार २७ मत ल्याएकी छन् । जसपाकी निर्मला कुमारी देवी सिंहले ३ हजार २०७, नेकपा एमालेकी पुष्पा कुमारीले २ हजार १४७ र लोसपाकी रमिता प्रधानले २ हजार ९३ मत प्राप्त गरेकी छन् ।
मनरा सिस्वा नगरपालिकाको वडा नम्बर–१, २, ३, ४, ७, ८, ९ र १० को मतगणना सम्पन्न भइसकेको छ ।