जनकपुरधाम, जेठ ३

धनुषाको विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुन बेचन दास तत्मा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सीमा कुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन् ।

नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।