जनकपुरधाम, जेठ ४

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

ताजा मत परिणाम अनुसार मनोजले ३ हजार ९५६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले २ हजार ८६ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार १२६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ११३ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई ८७६ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ र तमलोपाकी बिभा ठाकुरले ४०५ मत ल्याएकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ३ हजार ९६२, नेकपा एमालेकी रूणा झाले २ हजार २२५, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ४२५ र लोसपाकी रिताकुमारी मिश्रले १ हजार ६४ मत ल्याएकी छन् ।