जनकपुरधाम, जेठ ४

२०७४ को स्थानीय निर्वाचनमा जिल्लामै (क्लिन स्वीप) भएको नेकपा एमाले खाता खोलेको छ ।

नेकपा माओवादी केन्द्रको गढ मानिने रामगोपालपुर नगरपालिकामा मेयर उपमेयर जित्दै एमालेले खाता खोलेको हो ।

एमालेबाट मेयरमा राम दुलार साह १७६३ मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर अशोक कुमार मण्डललाई पराजित गरेकाक हुन् ।

साहले ५३४९ मत प्राप्त गर्दै जित हासिल पारेका छन् भने प्रतिद्वन्दी मण्डलले मात्र ३५८६ मत प्राप्त गर्न सके ।

यता उपमेयरमा एमालेकै रिना देवी यादव विजयी भएकि हुन् । उनले ४२६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेस कि पुष्पा देवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गरिन् ।
कुशवाहाले ३४०३ मत प्राप्त गरेकी छन् । १५ वटा पालिका रहेको महोत्तरीमा २०७४ को निर्वाचनमा नेकपा एमाले एउटा पालिका समेत जित्न सकेको थिएन ।