जनकपुरधाम, जेठ ४

धनुषाको बटेश्वर गाउँपालिका ४ मा नेपाली काँग्रेसको प्यानलसहित विजयी भएको छ ।

काँग्रेस वडाध्यक्षका उम्मेदवार निरज कार्की १९२ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५९४ मत पाएका छन् ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ४०२ मत प्राप्त गरेका छन् । बटेश्वर ४ मा एक हजार ५६२ मत खसेको थियो ।

यो संगै ५ वटा वडा रहेको बटेश्वर गाउँपालिकामा तीनवटा वडा काँग्रेसले जितेको छ ।

वडा नं. ५ सहित गाउँपालिका उपाध्यक्ष काँग्रेसले जित्ने निश्चित जस्तै बनेको छ