सिरहा, जेठ ४

सिरहामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले पहिलो जित निकालेको छ ।

जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा नेकपा एसका केदारनाथ यादव निर्वाचित भएका हुन् । उनले ३ हजार ४०७ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शत्रुधन प्रसाद साह ३ हजार ३८१ मत ल्याए ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी निलम यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ४६२ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एसकी प्रमिला यादव ३ हजार २२६ मत ल्याइन् ।
अन्य पालिकामा गणना जारी छ ।