जनकपुरधाम, जेठ ४

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

अध्यक्षमा जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याए ।

उपाध्यक्षमा जसपाकै सैदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् । कांग्रेसकी अनिताकुमारीले ३ हजार १५२ मत ल्याएर दोस्रो भइन् ।