
जनकपुरधाम, जेठ ४
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणामअनुसार मनोजले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनलाई एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार २११ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले ५८८ मत पाएका छन् । त्यस्तै, तमलोपाकी बिभा ठाकुरले ४५५ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ४ हजार ५९३, नेकपा एमालेकी रूणा झाले ३ हजार २७०, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ४९६ र लोसपाकी रिताकुमारी मिश्रले १ हजार २७२ मत ल्याएकी छन् ।
अहिलेसम्म ३ हजार २१४ मत बदर भएको मुख्य निर्वाचन अपिधकृतको कार्यालयले जनाएको छ ।