
सप्तरी, जेठ ४
सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत पाएका छन् ।
उपाध्यक्षमा निर्वचित रेणुदेवीले ३ हजार ८८० मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७०७ मत ल्याएकी छन् ।