महोत्तरी, जेठ ५

महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

जसपाका उम्मेदवार रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका विक्रम चौधरीले २ हजार ५४७ मत मात्र ल्याएका छन् भने नेपाली कांग्रेसका राधा रमण मिश्रले १ हजार ६०३ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकी वन्दना पाण्डेय निर्वाचित भएकी छन् । उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेकी ननु कुमारी दासले २ हजार ३४३, नेपाली कांगे्रसकी आशा कुमारी यादवले १ हजार ६३० मत प्राप्त गरेकी छन् ।