जनकपुरधाम, जेठ ५

नेकपा एमालेको गढ धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

पाँचवटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं. २ को वडाध्यक्ष बाहेक पालिकामाथि नै कब्जा जमाएको छ ।

काँग्रेसका रामअशिष महतोले पालिका अध्यक्षमा ९८१ मतले विजयी भएका हुन् ।

उनले ४०१८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका श्यामसुन्दर महतो ३०३७ मतमा सिमित भए ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी सिंह ३६०१ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकि एमालेकै रेणु कुमारी पुलामी २९५७ मत ल्याएकी छन् ।

पालिका अध्यक्षमा निर्वाचित भएका रामअशिष २०७४ को स्थानीय निर्वाचनमा ७४ मतले एमालेका उम्मेदवार डम्बरबहादुर राउत क्षेत्रीसंग पराजित भएका थिए ।

सो निर्वाचनमा एमाले अध्यक्ष उपाध्यक्षसहित दुई वडामा जितेको थियो । यस पटक भने काँग्रेसले एमालेलाई क्लिन स्वीप गरेको छ ।