
जनकपुरधाम, जेठ ५
धनुषाको कमला नगरपालिकाको मेयर उपमेयरमा काँग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका विशेश्वर यादव ३ हजार ८८७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत पाए।
यस्तै उपमेयरमा कांग्रेसकै शिलादेवी मण्डल ३ हजार ८८७ मतसहित निर्वाचित भएकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत प्राप्त गरेकी छन् ।