
जनकपुरधाम, जेठ ५
नेकपा माओवादी केन्द्रले उपमहानगरपालिकामा पहिलो जीत हात पारेको छ
बाराको जीतपुर सिमरा उपमहानगरमा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन् ।
उनले १८ हजार ७ सय ४३ मत ल्याएर नेकपा एमालेकी सरस्वतीदेवी चौधरीलाई हराउँदै विजयी भएका हुन् ।
चौधरीले १७ हजार ७ सय ७९ मत ल्याएकी छन् ।
पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो।
यस्तै उपप्रमुखमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरे।