जनकपुरधाम, जेठ ५

धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निवर्तमान मेयर बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै विधा देवी भुजेल निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति देवी सुडीन ३ हजार ६०३ मत ल्याइन् ।

अन्य पालिकाको मत गणना जारी छ ।