महोत्तरी, जेठ ५

महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका हरि प्रसाद मण्डल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

उनले ४ हजार ३ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मो. मुजिबुल रहमान २ हजार ६७४ मत ल्याए ।

तेस्रो स्थानमा नेकपा एमालेका हेमचन्द्र यादव रहेका छन् । उनले १ हजार ८९७ मत ल्याए ।

यस्तै उपप्रमुखमा लोसपाकी मञ्जु देवी निर्वाचित भएकी हुन् । उनले ३ हजार ८६४ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी जिवछी देवी यादव २ हजार ७५१ मत ल्याइन् ।
अन्य पालिकाको मतगणना जारी छ ।