जनकपुरधाम, जेठ ५

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायमै राखेका छन् ।

नगराइन नगरपालिका वडा नम्बर–१ देखि ७ सम्मको अहिलेसम्मको ताजा मतपरिणाम अनुसार विनयले ४ हजार २८१ मत ल्याएर अग्रता कायम राखेका हुन् ।

विनयले ४ हजार २८१ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ३ हजार ९६७ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले २ हजार ४६३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ४ हजार ३५२, नेकपा एमालेकी राधा देवी यादवले ४ हजार ३१ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले १ हजार ७६४ मत ल्याएकी छन् ।

अहिले वडा नम्बर–८ र ९ को मतगणना जारी रहेको छ ।