महोत्तरी, जेठ ६

महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा लोसपाका विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोखुल यादवले ३२४३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३२४३ मत पाइन् ।