जनकपुरधाम, जेठ ६

धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका उम्मेदवार झिनो मतान्तरले विजयी भएका छन् ।

मेयरमा निर्वाचित भएका महेन्द्र महतोले ७ हजार ३१ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे ।

यस्तै उपमेयरमा नेकपा एमालकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।

बुढाथोकी ७ हजार ४१४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन् ।