महोत्तरी, जेठ ६

महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका शैलेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । उनले ५ हजार ४२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामसुहाग यादवले ४ हजार ६७५ मत पाएका छन् ।

त्यस्तै, जसपा नेपालका गोविन्दा साहले २ हजार २० मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकै सरिता शर्मा निर्वाचित भएकी छन् । उनले ५ हजार २८१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी वहिदा खातुनले ४ हजार १४३ मत ल्याएकी हुन् ।

त्यस्तै, जसपाकी गीता देवीले २ हजार ४९ मत पाएकी छन् ।