रौतहट, जेठ ६

नव निर्वाचित रौतहटका विभिन्न स्थानीय तहका पालिका प्रमुखहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् ।

गौर नगरपालिकाको सभा हलमा उनीहरु सपथग्रहण गरेका हुन् । गत ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।

जिल्ला अदालत रौतहटका मुख्य न्यायाधीश काजीबहादुर राईले जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए ।

समारोहमा मौलापुर नगर प्रमुख रिना कुमारी साह,गौर नपा नगरप्रमुख शम्भु शाह, राजदेवी नपा नगर प्रमुख भिकारी यादव, परोहा नपा नगरप्रमुख शेख वकिल, र दुर्गाभगवती गाउँपालिका नगर प्रमुख शम्भु सिंह लगायत सहभागी थिए ।

स्थानीयतहका प्रमुखहरुले अव आ–आफ्ना पालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनेछन् ।

मतगणना जारी रहेको पालिका प्रमुखहरुलाई दोस्रो चरणमा सपथग्रहण गराइने छ ।