जनकपुरधाम, जेठ ७
धनुषाको सबैलामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको छ ।
माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएका हुन्
कारीराम उनी मातृका प्रसाद यादवको कान्छो भाइ हुन् ।
मत गणना परिणामको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।
धनुषाको १८ पालिका मध्ये १७ वटाको अन्तिम नतिजा आउँदासम्म एउटा पालिका समेत माओवादी केन्द्रले जित हात पारेको थिएन ।
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना जारी छ । त्यहाँ एमाले अगाडी छ ।
