धनुषा, जेठ ८

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् ।

वर्तमान मेयरसमेत रहेका सभापति पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै यादव मेयरमा निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएका छन् भने पजियारले ७ हजार ३ सय मत प्राप्त गरेका छन् । मेयरमा एमाले जितेका छन् भने उपमेयरमा नेपाली काँग्रेसकी रचना श्रेष्ठ निर्वाचित भइन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी सालिनी चौधरीलाई पराजित गर्दै श्रेष्ठ उपमेयरमा निर्वाचित भएकी हुन् । श्रेष्ठले ७ हजार ५५० मत प्राप्त गरिन् भने चौधरीले ७ हजार ५११ मत ल्याइन् ।