काठमाडौं, जेठ १२
यही जेठ १६ गते बिहान ११ बजेदेखि हुने भनिएको १२ कक्षाको परीक्षा समय परिवर्तन गरिएको छ ।
यसअघि बिहान ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।
विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।
