सप्तरी, जेठ १५

सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

हुलाकी सडक खण्ड अन्तरगत बोदेबर्साईन नगरपालिका ५ जाजर स्थित पश्चिम बाटपुर्व तर्फ जाँदै गरेको प्र.२–०१–००१ च–००२२ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्थानीय ६० वर्षीय सुवेदार मियाँको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

स्कारपियोले आज दिउँसो आज दिउँसो पौने ३ बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कारपियोलाई नियन्त्रणमा लिइ घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।