काठमाडौं, जेठ १५

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन १ गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन् ।

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९७५ रुपैयाँ छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३६५ रुपैयाँ रहेको छ ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५८२, राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६५२ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४०६ रुपैयाँ तलब छ ।