जनकपुर, जेठ १८

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुने बताएका छन् ।

बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अंगिकृत नागरिकहरुका सन्तानलाई नागरिकता मिल्ने बताएका हुन् ।

उनले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएका देखि नै कुनै पनि किसिमको कटौती नहुने गरि नागरिकता विधेयक पारित हुने स्पष्ट पारे ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले भने, ‘नागरिकताको हक नागरिकको अधिकार रहेको र यो कसैको निगाहको कुरा होइन ।’

मन्त्री शर्माले अघि थप्दैँ भने, ‘संसदमा विधेयक गईसकेको छ, सो विधेयकमा केही कुरामा सहमती बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमती गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौ ।’