जनकपुरधाम, जेठ २५

जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले जनकपुरदेखि काठमाडौंसम्म भेटघाट गर्ने तालिका सार्वजनिक गरेका छन् ।

अध्यक्ष राउतले ज्येष्ठ २७ गते भेटघाटका लागि भ्रमणमा निस्किनेछन् । अषाढ ३ गते जनकपुर फर्किने र यहाँ अन्तिम भेटघाट हुने बताइएको छ ।

संसदीय निर्वाचनलाई लक्षित गरी भेटघाटका लागि अध्यक्ष राउत भ्रमणमा निस्किन लागेका हुन् । उनले आ–आफ्नै जिल्लामा भेटघाटको लागि समय मिलाउन समर्थक, कार्यकर्ता र शुभेच्छुकहरूसंग अपिल गरेका छन् ।

हेर्नुस् भेटघाट तालिकाः

ज्येष्ठ २७ गते शुक्रबारः बाँके

ज्येष्ठ २८ गते शनिबारः बाँके÷बर्दिया

ज्येष्ठ २९ गते आइतबारः कपिलवस्तु÷रुपन्देही

ज्येष्ठ ३० गते सोमबारः नवलपरासी

ज्येष्ठ ३१ गते मंगलबारः काठमाडौं

आषाढ १ गते बुधबारः काठमाडौं

आषाढ २ गते बिहीबारः काठमाडौं

आषाढ ३ गते शुक्रबारः जनकपुर