जनकपुर, जेठ २९
वाइडरेन्ज कन्सल्टेन्सी नेपालले जनकपुरधाममा दुई दिवसीय बृहत भारतीय शैक्षिक मेला हुने भएको छ ।
एसके इभेन्ट मैनेजमेन्ट प्रा.लि.को आयोजना तथा वाइडरेन्ज कन्सल्टेन्सी नेपाल र द नौलेज नेटवर्कको सहयोगमा जेठ ३० र ३१ गते बृहत भारतीय शैक्षिक मेला हुने भएको हो । दुई दिन सम्म चल्ने सो मेलामा २० सरकारी तथा निजी विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुने छ ।
जनकपुर उद्योग वाणिज्य संघको हलमा हुने सो मेलामा २ हजारभन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराउने लक्ष्य आयोजकको रहेको छ । विद्यार्थीहरुका लागि मेलामा फ्रि इन्ट्री तथा फ्रि काउन्सलिंगको समेत व्यवस्था गरिएको छ ।
मेलामा इन्जिनियरिंग, नर्सिंग, मैनेजमेन्ट तथा मेडिकल लगायतको विषयमा छलफल गर्नुका साथै विद्यार्थीहरुलाई आगामी लक्ष्यको विषयमा समेत कुराकानी गरिनेछ । बृहत भारतीय शैक्षिक मेला विगत १२ वर्षदेखि हुँदै आईरहेको छ ।
