जनकपुर, असार १
किड्नी डेडिकेटेड अत्याधुनिक ‘बुद्ध डायविटिज एण्ड थायराइड केयर प्रा.लि जनकपुरधाममा आज देखि सञ्चालनमा आएको छ ।
जनकपुरधाम स्थित वशिष्ट चोक भ्रमरपुरा जाने बाटो तर्फ सञ्चालनमा आएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. विजय कुमार साहले जानकारी दिए ।
अत्याधुनिक उपकरणमा आधारित किड्नी प्याथोलोजी लगायत सम्बन्धित सम्पूणर् सब स्पेशलाइज प्याथोलोजी सेवा एउटै छानामुनी रहेर उपलब्ध गराउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको डा. साहले बताए ।
बुद्ध डायविटिज एण्ड थायराइड केयर प्रा.लिसँगै अब मिर्गौला वायेप्सी परीक्षण गर्न नमुनाहरु काठमाडौं पठाउनुपर्ने बाध्यता समाधान हुनेमा आफू विश्वस्त भएको डा. साहले बताए ।
‘प्याथोलोजी सेवा नै रोग पहिचान र निदानको पहिलो खुड्किलो हो । यहिँबाट गडबडी भयो भने मान्छेको जीवन नै गडबड हुन्छ ।प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूणर् भूमिका रहन्छ ।
यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूणर् भाग हो । त्यसैले प्याथोलोजी सेवामा समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयताको महत्वपूणर् भूमिका हुन्छ । व्यक्तिको पहुँच र आरामदायी सेवाको पनि त्यत्तिकै महत्वपूणर् भूमिका हुन्छ । यसैलाई दृष्टिगत गरेर हामीले अहिले अत्याधुनिक उपकरणसहितको प्रथम प्याथोलोजी ल्याब सञ्चालनमा ल्याएको छौं ।’ डा. साहले भने, ‘देश बाहिर रगत टेष्ट गर्न जान पर्दैन’ भन्ने मान्यताका साथ काम गरेका छौं ।

आ—आफ्नो विधामा स्पेशलाईज गरेका दक्ष प्याथोलोजिष्टहरुको बलियो टिम छ । हामीले ३ देखि ४ वर्षभित्र बाहिरिने अधिकांश नमुना रोक्ने लक्ष्यका साथ काम अघि बढाएका छौं ।’
विशेषतः डायविटिज, थायराइड र ईएनटी अर्थात नाँक, कान र घाँटीको उपचार हुने सो क्लिनीकमा इसिजी, इक्को, प्याथोलोजी, मेडिसिन सहित सवै सुविधा उपलब्ध हुने डा. साहले बताए ।
उनले गरीव, विपन्नहरुका लागि विशेष छुटका साथ सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
डायविटिज, थायराइड र मुटु सम्बन्धि रोगमा विशेषज्ञता प्राप्त सञ्चालक डा. साहले डायविटिज, थायराइड र त्यसबाट मुटुमा पर्ने प्रभावका साथै नाक, कान घाँटीको उपचार र परामर्शको अभावलाई दृष्टीगत गर्दै जनकपुरधाममा सुविधा सम्पन्न यो पोलिक्लिनीक खुलेपछि सम्बन्धित विरामी अन्यत्र जान नपर्ने र जानै पर्ने अवस्थामा आफुहरु सहि र उचित परामर्श प्रदान गर्ने बताए ।
जनकपुरधाम वडा नम्बर-७ का वडाध्यक्ष निरज कुमार साहले डा. साहको विज्ञताका साथ जनकपुरधाममै प्रदेशकै उत्कृष्ट उपचार स्थल सञ्चालनमा आएपछि यस क्षेत्रको जनता अनावश्यक दुःख झेल्न नपर्ने भन्दै खुसी व्यक्त गरेका छन् ।
उनले आफ्नो वडामा रहेका दलित वस्तीका गरीव तथा विपन्न जनतालाई स्वास्थ्य सेवामा विशेष छुट रहेको समेत बताए ।
