काठमाण्डौ, असार १४

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव समुहले डा. बाबुराम भट्टराईलाई कारवाही गर्ने भएको छ ।

जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको हो ।

सोमबार राति बसेको यादव समुहको कार्यकारिणी समिति बैठकले डा. भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको स्रोतको दावी छ ।

लामो समयदेखि जसपा नेपालमा यादव र भट्टराई समुहबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै डा. भट्टराई समुहले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

डा. भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको यादव समुहको दावी छ ।

यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान समेत चलाएका थिए ।

यो सबै कुराको चाल पाएको यादव समुहले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै डा. भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको छ ।