मोरंग, असार १४

एक युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा विराटनगरको बरगाछीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक गुणानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

३७ वर्षीय महतोले सोमबार बिहान १९ वर्षीया युवतीलाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरंग जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

युवती इन्स्टिच्युटमा प्रोजेक्टको काम गर्न पुगेकी थिइन् । बिहानै एक्लै भएको मौकामा सञ्चालक महतोले युवतीको संवेदनशील अंग छोएको आरोप लगाइएको छ ।

दुव्र्यवहार गरेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन् । प्रारम्भिक बयानको आधारमा यौन दुव्र्यवहार भएको खुलेको मोरंग प्रहरीले जनाएको छ ।